अन्नपूर्ण पोष्टभालुबाङ (दाङ) । दाङको पूर्वीनाका भालुवाङमा सहरीकरण तीव्र रूपमा भइरहेको छ। पूर्वाधार निर्माणमा करोडौं खर्च भइसकेको भालुवाङ कसैको स्वामित्वमा छैन। तर भालुवाङमा अर्बौं लगानीका संरचना तयार भइसकेको छ। जिल्लाको एउटा स्थापित बजारका रूपमा पहिचान बनाइसकेको भालुबाङ बजारको मुख्य सहर नै ‘लालपुर्जाविहीन छ। घरमालिकसँग कुनै स्थायी प्रमाण छैन, न जग्गाको छ। कोहीकोहीसँग नगर विकासले दिएको एउटा रसिद मात्र छ।...
कान्तिपुर दैनिक
साउन २२, काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलाई ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को पक्षलाई भाडामा वा अन्य कुनै प्रयोजनमा दिन...
नेपाल समाचारपत्र
साउन २२, मनाङ । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो । ठेकेदार कम्पनी द क्याराभानले मनाङमा...
साउन २१,
मुम्बई – बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । ती तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । सामाजिक सञ्जालमा आगो लगाउने ती तस्वीरले फ्यानको मन जितेका छन् । वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने गर्छिन् । उनले...
साउन २१,
धनुषा– धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले गोप्यरुपमा नगरपालिकाको कार्यालय सारेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ । मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच नगरपालिकाको कार्यालय सार्ने सम्बन्धी भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । सो झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएको छ । मेयर मण्डलले...
साउन २१,
बीबीसी । चीनले आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउनेु भन्दै हङ्कङका प्रदर्शनकारीहरूलाई कडा चेतावनी दिएको छ। हङ्कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमलाई कम नआँक्न भनेको छ। हङ्कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन्।
सोमवार आह्वान गरिएको हड्तालको कारण हङ्कङका दुई सय उडानहरू रद्द भएका थिए। प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन, प्रजातान्त्रिक सुधार र नेता क्यारी लामको राजीनामा...
साउन २१,
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।अस्पतालले इन्फेक्सनको कारण बच्चाको मृत्यु भएको जनाए पनि यसलाई पत्याउन घरपरिवार तयार छैनन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको...
साउन २१,जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि सङ्कटको प्रसङ्ग बेकारको भूत खडा गर्ने मनोविज्ञान भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रमाथि सङ्कट आएको बेकारको भूत खडाप्रति बहकिन नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले लोकतन्त्रमाथि कसैले पनि धावा नबोलेको उल्लेख गर्दै लोकतन्त्रमाथि सङ्कट आएको चर्चा भ्रम छर्ने दुष्प्रयास हो...
साउन २१,
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो।काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ। पक्राउ परेकामध्ये डम्बरबहादुर...
साउन २१,
भीमदत्तनगर। सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा...










