साउन २१,
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी नेपाल मेडिसिटी अस्पताल पुगेका थिए। ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरेर उपचार सुरू गरिएको सिंहका सहयोगी युपी लामिछानेले बताए।
साउन २१,
लहान । प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित सोमबार राति २ जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट २ जनालाई पक्राउ गरेको हो ।सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर ३२ जे १२०६ नम्बरको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैध रूपमा लिएर आइरहेको किराना सामानसहित...
साउन २१,
चितवन । माउण्टेन टिभी काठमाडौंमा कार्यरत पत्रकार शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।उनी सोमबार दिउँसो ३ः३० बजे २०२ नम्बर कोठा बुक गरेर बसेका थिए । राति खाना खान बोलाउन होटलका कर्मचारी जाँदा कोठाको चुकुल लामो समयसम्म नखोलेपछि राति नै प्रहरीलाई खबर गरेका...
साउन २१,
बीबीसी । भारतको संविधानको अनुच्छेद ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू-कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा बन्न पुगेको थियो। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र त्यतिबेलाका जम्मू-कश्मीरका राजनीतिक नेताहरूले आपसी सहमति जुटाएपछि त्यो संवैधानिक व्यवस्था गरिएको थियो।अहिले भारतीय जनता पार्टी नेतृत्वको सरकारले त्यो संवैधानिक व्यवस्थालाई एकपक्षीय...
राजधानी दैनिक
साउन २१, काठमाडौं । संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद गरेको खुलासा भएको छ । सचिवालयमा भएका गाडी थन्काएर नयाँ किन्दा राज्यलाई १२ करोड बढी रुपैयाँको व्ययभार थपिएको छ । सरकारले आर्थिक मितव्ययिताको नीति अवलम्बन गरिएको बताउँदै आए पनि संसद् सचिवालयले भने सो नीतिको खिल्ली उडाउँदै...
कान्तिपुर दैनिक
साउन २१, रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकास्थित मैकोटमा साधारण काम गर्ने मजदुरले खानपानसहित दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने भएका छन् । सुक्खा काम गरेमा दैनिक ५ सय रुपैयाँ ज्याला निर्धारण गरिएको छ । त्यसभन्दा कडा काम गर्नेले खानपानसहित ५ सय रुपैयाँ पाउनेछन् । मैकोटमा खाद्यान्न खरिदबिक्रीको पनि मूल्य निर्धारण गरिएको छ । प्रतिमाना मकै २५, गहुँ ४५ र जौ...
अन्नपूर्ण पोष्ट
साउन २१, ललितपुर । गतवर्ष असारमा लगातार पानी परेपछि लुभू(लामाटार सडकखण्डमा पर्ने गोदावरी खोलाले एउटा कार बगाएको थियो। कारधनीलाई सुरक्षित बाहिर निकालियो। तर कार निकाल्न सकिएन। महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार डोजरको सहायताले कार बाहिर ल्याउने प्रयास गरिएको थियो।गत वर्ष जस्तै यस वर्ष पनि समस्या दोहोरियो। असार अन्तिम साता लगातार पानी परेपछि खोला वारपार गर्न सक्ने अवस्था...
साउन २१,
सुर्खेत, दैलेख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्। बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ। पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन्। प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ। त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै...
नेपाल समाचारपत्र
साउन २१, काठमाडौँ । नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ । आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार...
२० साउन,
काठमाडौं । काठमाडौंको कपनमा एउटै रुखमा पासो लागेर युवायुवतीले आत्महत्या गरेका छन् ।आत्महत्या गर्नेमा सोलुखुम्बु सोताङ-४, नाम्लुङका २१ वर्षीय अमिररचन्द्र नाछिरिङ र दूधकोशी गाउँपालिकाकी २३ वर्षीया निर्मला खालिङ छन् ।
महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको बताए । ‘झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं’, चन्दले भने, ‘घटनास्थल वरपर सुसाइड नोट...










