मेयर र उपमेयर पक्षबीच झडप

81

साउन २१,
धनुषा– धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले गोप्यरुपमा नगरपालिकाको कार्यालय सारेपछि मेयर र उपमेयर बीचको विवादले उग्ररुप लिएको छ । मेयर मण्डल र उपमेयर रेणु झा पक्षबीच नगरपालिकाको कार्यालय सार्ने सम्बन्धी भएको विवादमा मंगलबार स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । सो झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएको छ । मेयर मण्डलले प्रहरी परिचालन गरी बघचौडामा रहेको नगरपालिकाको कार्यालयबाट सामाग्रीहरु लग्न खोजेपछि उपमेयर रेणु झाले कार्यालयको सामाग्रीहरु लग्न नदिने पक्षमा उभिएपछि स्थानीयवासीहरुले उपमेयर झालाई सहयोग गर्दै प्रहरीलाई कार्यालयको सामाग्रीहरु लग्न दिएको थिएन ।

प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षधरले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नम्बर २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् । तपेश्वर मण्डल गम्भिर घाइते छन् भने उनको थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको जनाइएको छ । स्थानीयवासीका अनुसार हंसपुर नगरपालिकाको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरहरुले घरेलु हातहतियार बोकेर दुईवटा टयाक्टर सहित ५०–६० जनाको समूहमा आएको थियो । तर उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप अहिले पनि जारी नै छ ।
रातोपाटीबाट