हेर्नुहोस् ‘सोच’मा नीता र प्रज्ज्वलको रोमान्स (भिडियो)

303

साउन २३,
काठमाडौं । चलचित्र सोच’मा समावेश ‘तिमीले मलाई सहारा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतमा नायिका नीता ढुंगाना र कलाकार प्रज्ज्वल गिरीलाई फिचरिङ गरिएको छ ।

शंकर अधिकारी ‘घायल’ले लेखेको सार्वजनिकक गीतमा योगेश काजी, जुनु गौतम र सुनिता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंहको निर्देशनमा तयार भएको चलचित्रमा नीता र प्रज्वलका साथमा नव–कलाकार पूजन सिंह प्रमुख भूमिकामा छन् । गंगा रजक प्रकाश र एस।डी निर्माता रहेको यो चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको चलचित्रमा एनबी महर्जनको एक्सन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । चलचित्र भदौ २० गतेबाट रिलिज हुँदैछ ।