तीन नम्बर प्रदेशको राजधानी नुवाकोट पनि हुनसक्छ : मुख्मन्त्री पौडेल

89

साउन २३,
काठमाडौँ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अबको केही दिनभित्रै प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यका बाहिर राख्न पनि तयार रहेको बताए । उनले भने, ‘३ नम्बर प्रदेशको राजधानी सबैको सहमतिका आधारमा तोकिने भन्दै अहिले चर्चामा आएका जिल्लाबाहेक नुवाकोट लैजान पनि तयार छु ।’ उनले प्रदेश सरकार एक्सन ओरियन्टेडमा उत्रिएको भन्दै प्रदेशको राजधानी र नामको टुङ्गो एकै दिनमै लगाइने दाबी गरे ।

मुख्यमन्त्री पौडेलले सिंहदरबारको छायामा प्रदेशको राजनीति बस्न नसक्ने भन्दै काठमाडौं बाहिर पनि देश हो भनेर बुझाउन प्रदेश ३ को राजधानी बाहिर हुनुपर्ने जिकिर गरे । उनले स्थानीय सरकारलाई कमजोर बनाउन नहुने भन्दै सरकार करबाटै चल्ने दावी गरे । फरक प्रसंगमा यातायातमा बढेको कर छिट्टै फिर्ता उनले बताए । उनले भने, ‘यातायतमा बढेको कर अब बस्ने संसद बैठकबाटै संशोधन गरिन्छ ।’