अन्नपूर्ण पोष्ट
साउन ३०, ललितपुर । कुकुरले टोकेको कुरा लुकाउँदा ललितपुरमा एक किशोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ स्थित नेपाल असहाय बाल घरमा बस्दै आएकी १७ वर्षीया मनिषा अर्यालको साउन १९ गते मृत्यु भएको हो। सिन्धुपाल्चोक मेलम्चीकी उनी १२ कक्षामा पढ्थिन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार अर्यालका बाआमा कपनमा बस्छन्। जेठ १८ देखि २५ गतेसम्म उनी...
-कान्तिपुर दैनिक
साउन ३०, काठमाडौँ — अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाल कमजोर देखिने सम्भावना बढेसँगै सरकारले आतंकवादी क्रियाकलाप तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि कठोर रणनीति ल्याएको छ । सन् २०२०र२१ मा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप निवारणमा गरेका कामको मूल्यांकन अन्तराष्ट्रिय निकायहरूले गर्दैछन् । यसमा पेस गर्ने विवरणहरूको स्वमूल्यांकनअनुसार नेपाल निकै कमजोर रहने र कालोसूचीमा समेत पर्ने सम्भावना देखिएकाले आर्थिक क्रियाकलापसँग सम्बन्धित नगद...
-महेश्वर गौतम ( राजधानी दैनिक)साउन ३०, काठमाडौं। विश्व स्वास्थ्य संगठनको तथ्यांकले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाको आत्महत्या हुने देखाउँछ । नेपालमा भने पछिल्लो तीन वर्षमा विभिन्न तरिकाबाट १६ हजार १९५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीले तयार गरेको आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्मको तीन वर्षको तथ्यांकले १६ हजार १९५ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखाएको...
-विकास थापा ( अन्नपूर्ण पोष्ट)
साउन ३०, काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो। सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ।नेताकार्यकर्ताका घरायसी...
-झरेन्द्र बराल
बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय नेपालमा विभिन्न चाडपर्व मनाइन्छ, जसको धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक महìव रहेको छ । विभिन्न समयमा मनाइने चाडपर्व, जात्रा, रितिरिवाजहरूले नेपाल र नेपालीको मौलिक पहिचान बोकेका छन् । यसैबीच विशेष उल्लास, श्रद्धा तथा स्नेहका साथ मनाइने पर्व जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पनि हो । संस्कृतमा यज्ञोपवित नामले चिनिने जनैधारणलाई हिन्दू र बौद्ध धर्मावलम्बी अझ तागाधारीहरूका लागि...
नेपाल समाचारपत्र,
साउन ३०
काठमाडौं । कृषि तथा वन विश्वविद्यालय सञ्चालन भएको ९ वर्ष पूरा भइसक्दा सो विश्वविद्यालयको नाममा लालपुर्जा छैन। लालपुर्जा नभएपछि विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषय अन्योलमा परेको छ। कृषि तथा वन विश्वविद्यालयका सिनेट सदस्यले तत्काल लालपुर्जा लिन दबाब दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सिनेटको बैठकमा त्रिविको नाममा रहेको ३ सय ३८ रोपनी जग्गा तत्काल कृषि...
साउन ३०,
काठमाडौं । हिन्दुहरुले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास...
साउन २९,
काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।
ट्रेलर हेर्नुस् :https://www.youtube.com/watch?time_continue=8&v=Vrg79Qn14x0केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको...
साउन २९,
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए। नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।महतले भारतको आर्थिक वृद्धि...
साउन २९,
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौं सम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुवै देशको हित रहेको बताएका हुन् । ‘दशकौं हुँदा पनि केही सम्झौताहरु...










