जनैपूर्णीमा र जनैको महत्त्व

303

-झरेन्द्र बराल
बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, बहुजातीय नेपालमा विभिन्न चाडपर्व मनाइन्छ, जसको धार्मिक, सांस्कृतिक, सामाजिक, ऐतिहासिक महìव रहेको छ । विभिन्न समयमा मनाइने चाडपर्व, जात्रा, रितिरिवाजहरूले नेपाल र नेपालीको मौलिक पहिचान बोकेका छन् । यसैबीच विशेष उल्लास, श्रद्धा तथा स्नेहका साथ मनाइने पर्व जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पनि हो । संस्कृतमा यज्ञोपवित नामले चिनिने जनैधारणलाई हिन्दू र बौद्ध धर्मावलम्बी अझ तागाधारीहरूका लागि विशेष महìव हुनेगर्छ । ज्ञान, कर्म, रक्षा एवं स्नेहको प्रतीक जनैपूर्णिमाका दिन धारण गरिने भएकोले यसलाई ऋषितर्पणी, ऋषिपूर्णिमा पनि भनिन्छ । जनैलाई एउटा पवित्रताको प्रतीक मानिएको छ, जसको धार्मिक, सांस्कृतिक महìव रहेको छ । यसदिन दिदीबहिनीले दाजुभाइको रक्षार्थ स्नेहपूर्वक नाडीमा ‘राखी’ बा“ध्ने चलन सर्वत्र छ, यसले आपसी सम्बन्धलाई पनि प्रगाढ बनाउ“छ ।

पवित्र गायत्री मन्त्र उच्चारण गरी विभिन्न धार्मिक कार्यका साथ जनैपूर्णिमा मनाइन्छ । यसै समयमा नाडीमा बा“धिने पहे“लो डोरीले ज्ञात अज्ञात विभिन्न खतरा तथा त्रासहरूबाट बचा“उछ भन्ने मान्यता रहेको छ । हिन्दू तथा बौद्ध धर्माबलम्बी एवं विशेष गरी नेवार समुदायले क्वा“““टीको स्वादिलो परिकार खाएर यो पर्व मनाउने चलन छ । जनै अर्थात् रक्षाबन्धनको प्राचीनता तथा महìव ज्यादै पुरानो देखिन्छ, यसलाई विशेष महìव दिई पुरुषहरूले लगाउ“छन् भने महिलाहरूले “राखी” को रूपमा नाडीमा बा“ध्ने गर्दछन् । जनै धारणलाई शरीरको चेतना, बौद्धिकता तथा ब्रहमाण्डीय शक्तिको प्रतीक मानिन्छ । दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्वक विभिन्न उद्देश्यका साथ नाडीमा “राखी” बा“ध्ने चलन छ, जसले आपसी स्नेह, माया, ममताको भाव झल्काउ““छ ।

प्राचीनकालीन शिक्षा पद्धति गुरुकुलीय तथा वैदिक पद्धतिमा आधारित भएकोले एउटा शिष्यले गुरुकहा“ ज्ञान आर्जन गर्नका लागि रहँदा विभिन्न धार्मिक अनुष्ठान गर्नुपर्दथ्यो जसमा ज्ञान आर्जन प्राप्तिको प्रमुख संस्कारमा उपनयन पनि पर्दथ्यो । योग्य बालकलाई गुरुकुलमा भर्ना गरेपछि विभिन्न धार्मिक कार्य गर्ने क्रममा जनै लगाइदिने प्रचलन थियो, जसलाई शास्त्रीय दृष्टिमा “यज्ञोपवित” भनिन्थ्यो । जनै धारणसगै सिकाइने गायत्रीमन्त्रले श्रद्धा, भक्ति, विश्वास तथा कृतज्ञताको भाव बोकेको हुनाले यसैका आधारमा गुरुले चेलालाई शिक्षित बनाउ“थे ।

आयु, बुद्धि, तेज, बलको प्रतीक मानेर धारण गरिने जनैलाई रोग, शोक, अकाल मृत्युबाट सुरक्षित रहने चाहना र विश्वासका साथ शक्तिको प्रतीक मानेर पहिरने चलन सुरु भएको मानिन्छ । जनैमा हुने धागा तथा गा“ठाहरूको आ–आप्mनै महìव र प्रतीक रहेको मानिन्छ, तीनवटा डोरालाई ब्रह्मा, विष्णु तथा महेशको प्रतीक मानिन्छ, जुन आध्यात्मिक, आधिदैविक र आधिभौतिक जीवनका प्रतीक हुन् । विभिन्न यज्ञ पूरा गरेपछि धारण गरिने यज्ञोपवितको प्रयोगले जीवनमा अगाडि बढ्ने मार्गप्रशस्त गर्ने विश्वास रहिआएको छ ।

यज्ञोपवितको सम्बन्धमा वेदमा विभिन्न कथा पाइन्छ, जसअनुसार एकपटक देव र असुरले स्वर्ग जाने उद्देश्यले यज्ञ गर्नथाले, स्वर्गमा आफूहरू पहिले पुग्ने उद्देश्यले असुरहरूले विनाविधि छिटोछिटो यज्ञ पूरा गरे भने देवताहरूले विधिविधानका साथ आवश्यक समय दिएर यज्ञ गर्दै गए । देवताहरू भन्दा पहिले यज्ञ पूरा गरेर स्वर्ग जान हि““डेका असुरहरू स्वर्ग जाने बाटो नै थाहा नपाएर बाटोमै हराए । त्यसपछि शास्त्रीय विधिपूर्वक यज्ञ सम्पन्न गरिसकेपछि स्वर्गतर्फ हि“डेका देवताहरू भने सही बाटो पहिल्याएर सरासर स्वर्ग पुगे । यसरी असुुरहरू पराजित र स्वर्ग जान असफल भए । देवताहरूको यज्ञ विधिवत सम्पन्न गर्ने मुख्य माध्यम ‘यज्ञोपवित’ नै थियो तर असुरहरूले यसको प्रयोगविना नै यज्ञ अनुष्ठान गरेका थिए, तसर्थ उनीहरूको यज्ञ असफल भयो । यसबाट पनि जनैको महìव झल्कन्छ ।
यस्तै रक्षाबन्धनलाई बलीराजास“““ग जोडिएको कथाको प्रसङ्ग पनि विभिन्न स्रोतमा उल्लेख छ,

जसअनुसार बलीराजाको शक्तिबाट देव दानव सबै पराजित भएका थिए । बलीको प्रभाव जताततै भएको अवस्थामा विष्णुले वामन रूप धारण गरेर वलीस“ग जमीनको तीन पाइला मागेका थिए । यसमा महादानी दैत्यराज बली राजी भएपछि विष्णुले एक पाइलाले पृथ्वी, दोस्रोले आकाश ढाके अर्को पाइला राख्नका लागि विष्णुले आग्रह गर्दा रक्षाको धागोले बाँधिएका बलीले आपm्नो वचन पूरा गर्न तेस्रो पाइला आफ्नै शीरमा राख्न लगाएपछि उनी पाताल लोक पुगे । यसरी बली पाताल पुगेपछि मात्र देवताहरू सुरक्षित भएका थिए, यसबाट पनि रक्षाबन्धनको महìव भइ रक्षा सूत्र बा““ध्ने चलनको सुरुवात भएको पाइन्छ ।
यसैगरी प्राचीन कालदेखि नै दानवी शक्ति र दैवी शक्तिबीच हुने सङ्घर्षमा देवताहरूको जित हुनुको पछाडि पनि रक्षासूत्रले काम गरेको चर्चा पाइन्छ । आफ्नी पत्नी शचीले दानवहरूलाई पराजित गर्ने उपाय अनुसार इन्द्रलाई रक्षा विधानपूर्वक का“चो धागोलाई रङ्गाएर ऋषिहरूबाट अभिमन्त्रित तथा पुरेतद्वारा“स्वस्ति” वाचन गराई देवराज इन्द्रको दाया““ हातमा रक्षा धागो बा“धेपछि यसको प्रभावले दैत्यहरू युुद्धभूमिबाट भागेको प्रसङ्गले पनि रक्षाकवचको महìव झल्कन्छ ।
प्राचीन कालदेखि नै धागो बा“ध्ने चलनको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महìव रहँदै आएको पाइन्छ । विभिन्न स्रोतहरूमा उल्लेख भए अनुसार महाभारतको युद्धमासमेत पत्नीहरूद्वारा आफ्ना पतिलाई रक्षाकवचका रूपमा रक्षासूत्र बा“ध्ने चलन थियो । कुनै पनि नारीले कुुनै पनि पुरुषलाई“राखी” बा“धेमा तिनीहरूबीच दाजुु बहिनी तथा दिदी भाइको रूपमा सुुमधुर तथा आत्मीय सम्बन्ध स्थापित हुने मान्यता रहिआएको छ ।

एकअर्काबीच सुमधुर सम्बन्ध स्थापित गराउने यसपर्वको धार्मिक, सांस्कृतिक, ऐतिहासिक महìव रहेको छ । नेपाललगायत भारतका ििभन्न क्षेत्रमा जनैपूर्णिमा भव्य उल्लासका साथ मनाइन्छ । काठमाडौंको पशुपतिनाथस्थित बागमती किनार, गोसाइकुण्डलगायतका विभिन्न स्थानीय क्षेत्रका जलाशयहरूमा स्नान गरी मन्त्र उच्चारणका साथ जनै फेर्ने गरिन्छ । मठ मन्दिरमा जनै फेर्ने, रक्षा बा“ध्ने, तथा श्रद्धा, आस्था, विश्वास गर्नेहरूको भीड लाग्दछ । शुद्धता, पवित्रता तथा ज्ञान, बल, बुद्धि, शारीरिक तथा मानसिक रक्षार्थ बा“धिने रक्षाबन्धनका दिन “क्वा“टी” खाने चलन सर्वत्र छ । कृषि कार्यको क्रममा वर्षायाममा स्वास्थ्य रक्षाका लगि विभिन्न प्रकारका अन्नका गेडागुडीलाई उमारेर पकाएपछिको झोल स्वास्थ्यवर्धक हुुने विश्वासका साथ टुुसा उमारिएका गेडागुडी खाने गरिन्छ । यसरी नेपाली समाजमा मनाइने विभिन्न पर्वहरूले सामाजिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक महìव बोकेका छन्, यिनको संरक्षण, प्रचारप्रसार गर्नु आवश्यक छ ।
                              -हामीले यो सामाग्री गोरखापत्र अनलाईनबाट लिएका हौं ।