Wednesday, July 29, 2026
Home Blog Page 1380
एजेन्सी, साउन ३०, काठमाडौं । भारतको हरियाणाको झज्जरमा एक व्यक्तिले मानिसहरुलाई सर्पको खेल देखाउँदा देखाउँदै टोकिदिए । सर्पको गर्धनमा टोकेका ती व्यक्तिको स्थिती बिग्रियो र अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो । वास्तवमा झज्जरको रायपुर गाउँमा एक मजदुरले मानिसहरुलाई सर्पसँगको खेल देखाइरहेका थिए । त्यतिबेला उनले सर्पलाई टोक्यो । त्यसको केही बेरमा उनको स्वास्थ्यस्थिती बिग्रिएपछि मानिसहरुले उनलाई अस्पताल भर्ना...
साउन ३०, पोखरा । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ। विप्लव समूहका केही व्यक्तिहरूलाई उनलाई वडा कार्यालयमा नै बिहीबार दुर्व्यवहार गरेका हुन्। उनीहरूले कालोमोसो दलेर र चप्पलको माला लगाएका हुन्। वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेको नेकपाका पोखराका एक...
साउन ३०, काठमाडौं । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरूद्ध मुद्दा दायर भएको छ। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै...
साउन ३०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले हनुमन्ते नदीमा फोहोर गर्ने तर सफा गर्न भने भक्तपुर नगरपालिकाले रोकेको आरोप लगाएका छन् ।  सूर्यविनायक नगरपालिकाद्धारा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले भने 'हनुमन्ते नदीमा सवैभन्दा वढी फोहोर भक्तपुर नगरपालिकाले गर्ने गरेको छ' । उनले अगाडी भने 'हनुमन्ते नदीलाई फोहोर बनाउन करिव ८० प्रतिशत भक्तपुर नगरपालिका, करिव १५ प्रतिशत...
साउन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उहाँको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।आज बिहान निधन...
साउन ३०, काठमाडौं । साउन २९ गते घटेको सुनको मूल्य आज फेरि बढेको छ। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो।त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।...
एजेन्सी, साउन ३०, काठमाडौं । मिलेनियल सुपरस्टार ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन् । रोशन हिजो अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त...
साउन ३०, काठमाडौं । लगातार दुई पटक स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। नेकपामा स्कूल विभागमा टुंगो...
साउन ३०, काठमाडौँ । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका उहाँलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस हुनुभएको उहाँलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।दीक्षितका ‘माधवी’, ‘ऋग्वेद...
साउन ३०, काठमाडौं । जनैपूर्णिमाको दिन नेपाली हिन्दु समुदायहरुले क्वाँटी आने चलन रहेको छ । नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो महत्वपूर्ण चाड हो । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ ।...