भक्तपुर नगरपालिकाले गर्दा हनुमन्ते नदी दुषित भयोः सांसद बस्नेत

434
सांसद महेश बस्नेत

साउन ३०,
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेतले हनुमन्ते नदीमा फोहोर गर्ने तर सफा गर्न भने भक्तपुर नगरपालिकाले रोकेको आरोप लगाएका छन् ।  सूर्यविनायक नगरपालिकाद्धारा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले भने ‘हनुमन्ते नदीमा सवैभन्दा वढी फोहोर भक्तपुर नगरपालिकाले गर्ने गरेको छ’ । उनले अगाडी भने ‘हनुमन्ते नदीलाई फोहोर बनाउन करिव ८० प्रतिशत भक्तपुर नगरपालिका, करिव १५ प्रतिशत मध्यपुर र बाँकी करिव ५ प्रतिशत मात्र सूर्यविनायक नगरपालिकाले ढल मिसाई फोहोर भएको छ ।’ जसमा करिव ८० प्रतिशत सफाईमा योगदान सूर्यविनायक नगरपालिका र २० प्रतिशत योगदान मध्यपुर थिमी नगरपालिकाले गरेको छ भने भक्तपुरले हनुमन्ते नदीको सफाईमा कुनै पनि योगदान नगरेको उनको भनाई छ ।

सफाई गर्न चाहानेलाई समेत बरु अनावश्यक दवाव दिई अभियानलाई रोक्ने प्रयास गरेको छ समेत बस्नेतले बताए । २०६८ सालमा भक्तपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको र वर्तमान समयमा सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाले सँग सँगै रणनीतिक सरसफाई घोषणा गर्ने कार्य भइरहेको जानकारी दिए ।