Monday, September 28, 2026
Home समाचार वडाअध्यक्षमाथि विप्लवका कार्यकर्ताको दुर्व्यवहार

वडाअध्यक्षमाथि विप्लवका कार्यकर्ताको दुर्व्यवहार

175

साउन ३०,
पोखरा । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ। विप्लव समूहका केही व्यक्तिहरूलाई उनलाई वडा कार्यालयमा नै बिहीबार दुर्व्यवहार गरेका हुन्। उनीहरूले कालोमोसो दलेर र चप्पलको माला लगाएका हुन्। वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेको नेकपाका पोखराका एक नेताले जानकारी दिए। वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको भनेर वडाअध्यक्षलाई त्यस्तो गरिएको नेकपाले बताएको छ।