Thursday, May 7, 2026
Home Blog Page 137
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्ने कुरा निन्दनीय र आलोच्य भएको टिप्पणी गरे। उनले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए।...
काठमाडौं : मिडिया एक्नस नेपालद्वारा कर्णालीका पत्रकारहरूलाई द्वन्द्व–संवेदनशील पत्रकारितासम्बन्धी प्रशिक्षण दिएको छ। मिडिया एक्सन नेपालले हालै कर्णाली प्रदेशका तीन जिल्लामा द्वन्द्व–संवेदनशील पत्रकारितासम्बन्धी दुई दिने तालिम कार्यशालाको सम्पन्न गरेको हो। जसमा नौ जिल्लाका ६० जना स्थानिय तहका पत्रकारहरूलाई समावेश गरिएको थियो। कार्यशाला भएको प्रत्येक जिल्लामा २० जना पत्रकारहरूलाई समावेश गरिएको थियो। प्रशिक्षण चौरजहारी, रुकुम पश्चिम...
म्याग्दी : चारैतिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वाल। फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिन्छ। तलापिच्छे धुँवाले कालो भएका कोठा। कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति। यहाँ आउँदा जोकोही मोहित हुन्छन्। यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ’ गुफा। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो। यसअघि नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले सञ्चालन गरेको अस्पतालका ३०० भन्दा बढी कर्मचारी वृत्ति विकासबाट वञ्चित थिए। ​सरकारले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब...
काठमाडौं : नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला? नेपालमा दुई–दुईपटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ। सहज होस् पनि कसरी? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासनसत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो। त्यसैले...
दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र पछाडि बस्ने घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको हो। घोराही-लमही सडक अन्तर्गत लमही नगरपालिका वडा नं. ६ स्थत बेलदमारमा बिहीबार बिहान साढे ७ बजेतिर रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना भएको...
काठमाडौं : सरकारले हरेक वर्षको असोज ३ गते संविधान दिवस मनाउँछ। यस वर्ष पनि असोज ३ गते विभिन्न कार्यक्रमहरु आयोजना गरी राष्ट्रिय दिवसका रुपमा संविधान दिवस मनाइँदै छ। संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन यो दिवस भव्यताका साथ मनाउने गरिन्छ। साथै यो बेला नेपाली काँग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिको दास्रो पूर्ण बैठक आज बस्ने भएको छ । एमाले जिल्ला कमिटीका सचिव विष्णु तामाङ्गका अनुसार आज बुधबार दिउँसो १ बजेदेखि बैठक सुरु हुदैंछ । सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेससमा दोस्रो पूर्ण बैठक बस्ने भएको छ । बैठकमा विभागीय कार्य विभाजन, नवौं जिल्ला अधिवेशनको समिक्षा, केन्द्रिय इन्चार्जको विदाई र स्वागत लगायतका एजेण्डा रहेको...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ । उक्त प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भए । सुनपा ३ स्थित इडेन गार्डेन...
भक्तपुर । सूर्यविनायक नगरपालिकामा ढक तराजु दर्ता र नविकरण कार्य धमाधम भइ रहेको छ । मंगलबार वडा नं. ६ को सूर्यविनायकस्थित लक्ष्मी बजारमा स्टल राखेर नगरक्षत्रे भित्र संचालित व्यवसायीहरुले ढक तराजु दर्ता तथा नविकरण गरेका छन् । सूर्यविनायक नगरपालिका अधिकृत कपिल अधिकारीका अनुसार आज बुधबार सूर्यविनायकको सोही स्थानमा स्टल रहनेछ । ३ र ४ गते वडा नं.४को गाम्चाका स्टल...