काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis): मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि...
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको...
काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगममा गरेको २७ अर्बभन्दा बढी लगानी जसरी भए पनि उठाउन निर्देशन दिएका छन्। सोमवार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले सरकार ग्यारेन्टी बसेर दिएको ऋण लगानी भन्दैमा चुप लागेर नबस्न र उठाउन पहल गर्न निर्देशन दिएका हुन्।‘कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफल के भइरहेको छ‚ त्यसतर्फ...
टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ।
संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो। यूएस स्टेट डिपार्टमेन्टले आरटी लाई युरोप, अफ्रिका र...
बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। भाद्र संक्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। द्वापर युगमा भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ।द्वापर...
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्। नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउन दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै...
काठमाडौं । आजदेखि पुनः मनकामना केबलकार नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न...
काठमाडौँ । आज सवारी साधन, फलाम, कारखाना लगायतको पूजा गरि विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।हाल...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...










