काठमाडौं : मिडिया एक्नस नेपालद्वारा कर्णालीका पत्रकारहरूलाई द्वन्द्व–संवेदनशील पत्रकारितासम्बन्धी प्रशिक्षण दिएको छ। मिडिया एक्सन नेपालले हालै कर्णाली प्रदेशका तीन जिल्लामा द्वन्द्व–संवेदनशील पत्रकारितासम्बन्धी दुई दिने तालिम कार्यशालाको सम्पन्न गरेको हो। जसमा नौ जिल्लाका ६० जना स्थानिय तहका पत्रकारहरूलाई समावेश गरिएको थियो। कार्यशाला भएको प्रत्येक जिल्लामा २० जना पत्रकारहरूलाई समावेश गरिएको थियो। प्रशिक्षण चौरजहारी, रुकुम पश्चिम मा सेप्टेम्बर ११–१२ तारिकमा, वीरेन्द्रनगर, सुर्खेतमा सेप्टेम्बर १३–१४मा , र खलंगा, जुम्लामा १५–१६ सेप्टेम्बरमा भएको संस्थाका अध्यक्ष लक्ष्मीदत्त पन्तले जानकारी दिए।
तालिमले स्थानीय पत्रकारहरूको द्वन्द्व–संवेदनशील पत्रकारिता सम्बन्धी रिपोर्टिङको सीप र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न मदत पुर्याउने विश्वास संस्थाले लिएको छ। कार्यशालामा सुर्खेत, दैलेख, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, सल्यान, जुम्ला, मुगु, कालिकोट जिल्लाका २५ जना महिला पत्रकारहरूको समेत सहभागिता रहेको थियो। दत्तका अनुसार सत्रहरू द्वन्द्व–संवेदनशीलता , जातिय तथा धार्मिक विविधता, सांस्कृतिक, धार्मिक तथा सामाजिक संवेदनशीलतालाई बुझेर समाजमा विकृति फैलन नदिन सामाजिक संवेदनशीलतालाइ बुझ्न र सम्बेदनशिल भएर पत्रकारले रिर्पोटिङ गर्नुपर्ने , तथ्यमा आधारित सत्य रिर्पोटिङ्ग गर्नुपर्ने, पूर्वाग्रह र पक्षपातीपन हटाउनुपर्ने, दिगो शान्ति र सामाजिक न्याय प्रवद्र्धन गर्नुपर्ने, पत्रकारले व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने जस्ता विषयमा केन्द्रित थिए।