Friday, July 31, 2026
Home Blog Page 1344
-अनिल कसपाल अाधा पेट मेरो, अाधा परिवारको जसरी नि लिईछाड्छन् ,गरिब नेपालीको हाम्रो अनि सन्ततिकाे ग्यारेन्टी देऊ खुसीसँग दिन्छु सबै, पुकार सुनिदेऊ ।करले हैन रहरले तिर्नुपर्ने कर मास्छ भन्ने लाग्छ हामीलाई यही छ डर याे देशमा छाेराछाेरी कसरी बाँच्ला ? दुख गरि तिरेको कर कहाँ कहाँ जाला ?बाटो हाे कि अहाल हाे छुट्याउन गाह्राे हाम्रोमा बिकास हुने कहिले अाउँछ पालाे ? हाम्रो बिन्ती सुन्दा...
भदौ १६, वालिङ । यहाँकी एक किशोरी १० दिनदेखि काठमाडौँबाट सम्पर्कविहीन भएकी छन् । स्याङ्जाको चापाकोट–९ घर भई काठमाडौँ बसुन्धारामा बस्दै आएकी १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी आमा सरस्वती डोटेलले बताएकी छन् । भदौ ७ गते इञ्जिनीयरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएपछि अहिलेसम्म उनको केही अत्तोपत्तो नलागेपछि आफूहरु चिन्तामा डुबेको आमा सरस्वती डोटेलले...
भदौ १६, काठमाडौं । मोरङमा बसको ठक्करबाट सोमबार विहान एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । विहान साढे ७ बजेतिर ना२ख ५२२७ नम्बरको बसको ठक्करबाट इलाम चुलाचुली गाउँपालिका(६ की ८० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको हो ।बसबाट ओर्लिएर बाटो काट्ने क्रममा मिक्लाजुङ गाउँपालिका-७ मधुमल्लामा सोही बसले राईलाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारका क्रममा साढे ८...
भदौ १६, काठमाडौं । पशुपतिनाथ मन्दिर प्रवेश गर्ने पूर्वी ढोका सोमबारदेखि खुला गरिएको छ। वि.सं. २०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका सोमबार विहानदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।११ वर्षदेखि पूर्वी ढोका भक्तजनका लागि बन्द थियो। ढकालका अनुसार जल ल्याउन मात्रै पूर्वी ढोकाको खुला गरिएको थियो। ‘पूर्वी ढोका आजदेखि सधैंका लागि खुला गरिएको छ,’...
भदौं १६, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ को गागफेदी स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन लाग्ने ऐतिहासिक मेलामा तीनसम्म विविध कार्यक्रम सञ्चालन हुने भएको छ । भद्रा शुल्क अष्टमी अर्थात भदौ २० गते (कागेअष्टमी) का दिन लाग्ने बिशेष मेलाका लागि भदौ १९, २० र २१ गतेसम्म बिशेष कार्यक्रम सञ्चालन हुने भएको हो । भदौ...
भदौ १६, काठमाडौं । बैंकको एटिएम बुथबाट पैसा निकाल्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली छन्।यसअघि शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। फरार तीन जनामध्ये सु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। सु चीन जाने तयारीसाथ...
भदौं १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् । भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ...
भदौं १६, भक्तपुर । भक्तपुर सिपाडोल निवासी दीपक बस्नेतलाई पोखरामा सम्मान गरिएको छ । हिमालय क्लव बाटुलेचौर पोखराको स्थापनाकालदेखि भलिबल खेलको विकासमा पुर्याएको योगदानस्वरुप बस्नेतलाई सम्मान गरिएको हो । हिमालय क्लवद्वारा आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगितामा बस्नेत सामेल भएको सूर्यबिनायक नगरपालिका वडा नं. ८ टिम भने सेमिफाइनल खेलमा कास्की भलिबल क्लवसँग पराजित हुन पुगेको थियो । यसैगरी प्रतियोगितामा वडा नं....
भदौं १६, काठमाडौं। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन् । पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो । काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन् । तालका...
अन्नपूर्ण पोष्ट भदौं १६, काठमाडौं । सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले कतिपय...