Friday, September 25, 2026
Home समाचार पशुपतिनाथ मन्दिरको पूर्वी ढोका ११ वर्षपछि खुल्यो

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका ११ वर्षपछि खुल्यो

508

भदौ १६,
काठमाडौं । पशुपतिनाथ मन्दिर प्रवेश गर्ने पूर्वी ढोका सोमबारदेखि खुला गरिएको छ। वि.सं. २०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका सोमबार विहानदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए।

११ वर्षदेखि पूर्वी ढोका भक्तजनका लागि बन्द थियो। ढकालका अनुसार जल ल्याउन मात्रै पूर्वी ढोकाको खुला गरिएको थियो। ‘पूर्वी ढोका आजदेखि सधैंका लागि खुला गरिएको छ,’ उनले भने।

हरितालिका तीज पर्वको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको भीड छ। पूर्वी ढोका पनि खुला गरेपछि भक्तजनले अरूबेला भन्दा छिटो दर्शन तथा पूजा गर्न पाएका छन्।