राजधानी दैनिक
भदौं १७, काठमाडौं । निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनका लागि तयारी तीव्र बनाएको आयोगले दलको सहभागिताका लागि दर्ता आह्वान गरेको हो । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो । प्रमुख...
अन्नपूर्ण पोष्ट
भदौं १७, काठमाडौं । तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ। २०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक...
नागरिक दैनिक
भदौं १७,
काठमाडौं । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ। कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन्। यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन्। यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित भएका छन्। कयौं बस्ती उजाड...
कान्तिपुर
भदौं १७, काठमाडौँ । संसद्मा दर्ता गरिएको मिडिया काउन्सिल विधेयकका केही विवादास्पद प्रावधान संशोधन गर्न सत्तारूढ र विपक्षी दुवैतर्फका सांसद सहमत भए पनि यसको गठन प्रक्रियामा उनीहरूको मत बाझेको छ । विधेयकमाथि नेकपाका १५ सांसदले संयुक्त रूपमा हालेको संशोधन प्रस्तावमा काउन्सिल पदाधिकारी नियुक्तिमा सरकार हावी रहने प्रावधान यथावत् छ ।विधेयकमा सञ्चार मन्त्रालयका सचिव नेतृत्वको समितिको सिफारिसमा सरकारले काउन्सिलको अध्यक्ष र...
नेपाल समाचारपत्र
भदौं १७, काठमाडौं। नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा निकाल्न निर्देशन दिने गिरोहले नै भारतबाट नेपाली एटीएम प्रयोग गरेर रकम निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले...
१६ भदौ
काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो...
भदौ १६,
काठमाडौं । नेपालका बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका...
भदौ १६
काठमाडौं । प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो । भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा जमुनाहा नाका पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम...
भदौ १६,
काठमाडौं । यहि भदौ २० गते हुने ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी खुम बहादुर सुवेदी प्यानलको परिचयात्मक कार्यक्रम आज पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको छ । निटका अध्यक्ष दिपक महतले पत्रकार सम्मेलनमा उक्त प्यानलको घोषणा गर्दै यो प्यानल समावेसी र व्यवसायीक भएको बताए । हुनपनि यस समुहमा जातिय क्षेत्रीय र लैङ्गिक...
भदौ १६,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।
राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् । राष्ट्रपति सीको...










