भक्तपुरका बस्नेतलाई पोखरामा सम्मान

247

भदौं १६,
भक्तपुर । भक्तपुर सिपाडोल निवासी दीपक बस्नेतलाई पोखरामा सम्मान गरिएको छ । हिमालय क्लव बाटुलेचौर पोखराको स्थापनाकालदेखि भलिबल खेलको विकासमा पुर्याएको योगदानस्वरुप बस्नेतलाई सम्मान गरिएको हो । हिमालय क्लवद्वारा आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगितामा बस्नेत सामेल भएको सूर्यबिनायक नगरपालिका वडा नं. ८ टिम भने सेमिफाइनल खेलमा कास्की भलिबल क्लवसँग पराजित हुन पुगेको थियो । यसैगरी प्रतियोगितामा वडा नं. ८ टिमका दुर्गा बहादुर सुनार उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भएका छन् ।