Friday, July 31, 2026
Home Blog Page 1342
भदौ १७, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् । आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।यसअघि भदौ ९ गते प्रधानमन्त्रीले...
भदौ १७, काठमाडौं । हिन्दु महिलाको महान् चार्ड हरितालिका तीजमा श्रीमान्को दिर्गायुको कामना गर्दै पत्नी निर्जला व्रत लिन्छन् । धार्मिक परम्पराअनुसार श्रीमान्को गोडाको पानी खाएर व्रत तोड्ने चलन रहेको छ ।आधुनिक जमनामा धार्मिक कुरालाई खासै ध्यानमा राखिदैन । त्यहि भएर होला चर्चित पत्रकार ऋषि धमलाकी पत्नी नायिका एलिजा गौतम ट्रोलको शिकार भएकी छिन् । उनले आफ्नो व्रत श्रीमान्को गोडाको पानी...
भदौ १७, काठमाडौं । संघीय संसदको विभिन्न समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारी नेतृत्वको छानबिन समितिले सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको छ । गाडी खरिद प्रक्रिया, गाडीको पार्ट्समा भएको त्रुटि, गाडी उत्पादनको लट परिक्षणका सन्दर्भमा समितिले अध्ययन गरी प्रतिवेदनमा उल्लेख गरिएको समिति सदस्यले बताएका...
भदौ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताए । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित सम्पर्कमा रहेको समेत जानकारी दिए...
भदौ १७, काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने बढ्न पुगेको हो । मंगलवार नेपाली बजारमा छापावाल सुन प्रतितोलाभ ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको...
भदौ १७, काठमाडौं । पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका(२० अपौनीका १४ वर्षीय गोविन्दप्रसाद चौरसियाले सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्‍याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको भन्दै...
भदौ १७, काठमाडौं । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको मिति नै सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर...
भदौ १७, काठमाडौं । गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ। गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर ९राजपत्र अनङ्कित प्रथम श्रेणी सरह० का कर्मचारी माग गरेको हो।इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि...
भदौ १७, काठमाडौं । ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गुमाउने भएका छन्। नेपाली राष्ट्रिय टिमका मिडिया म्यानेजर सुरज शाक्यका अनुसार ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।ओमानमा हुने प्रतियोगिता नखेल्ने बताएका ज्ञानेन्द्र आगामी मंसिरमा नेपालमा आयोजना हुने साग गेम्सअन्तर्गतको क्रिकेट टिममा समावेश छन्।...
भदौ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल भदौ २० गते देखि सञ्चालन हुने व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ४ वर्षे र मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र तर्फका ३ वर्षे स्नातक तह प्रथम वर्षका नियमित तथा प्राईभेट पुरा तथा आंशिक परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले...