Monday, September 28, 2026
Home अर्थ भाषा परिक्षाको मिति तोकियो, ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

भाषा परिक्षाको मिति तोकियो, ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

750

भदौ १७,
काठमाडौं । जापान सरकारले नेपालबाट ‘नर्सिङ केयर गिभर’ लैजान अपौचारिक प्रक्रिया सुरु गरेको छ । त्यसका लागि नेपालमा हुने परीक्षाहरुको मिति नै सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले आगामी अक्टोबर र नोभेम्बर महिनामा परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।

भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन्।
अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म हुने भनिएको जापानिज भाषा र सीप मूल्यांकन परीक्षाको पूर्णाङ्कको ६० प्रतिशत ल्याउनु पर्नेछ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन्। कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल एक महिना पछि आउनेछ।

परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ। परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति अब केही समयमै तय हुने वैदेशिक रोजगार महाशाखाका उपसचिव दिपक ढकालले जानकारी दिए।