Friday, July 31, 2026
Home Blog Page 1341
भदौ १८, काठमाडौं । नेपाल प्रहरीका जवानले रसुवामा कन्टेनर चालकमाथि निर्घात कुटपिट गरेका छन्। गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवका एक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारले चालकको कपालमा समातेर लात्ती-मुक्का बर्साएका हुन्। चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जाल फेसबुकमामा हालेपछि भाइरल भएको छ। यो घटना सार्वजनिक भएपछि रसुवाका प्रहरी प्रमुख भाग्यन्द्रपुरुष ढकालले...
भदौ १८ काठमाडौं । सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्। लुक्लाबाट आएको सीताको 'नाइनएन-एजेएच' नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले...
भदौ १८, काठमाडौं । जब महिला गर्भवती हुन्छिन्, उनमा विभिन्न प्रकारको परिवर्तनहरु आउँछ । समय बित्दै जाँदा त्यस्ता परिवर्तनहरु झन् बढी देखिन थाल्छ । महिलामा देखिएका ती परिवर्तनहरुसँगै उनको पेटमा रहेको शिशुमा पनि विस्तारै परिवर्तनहरु हुन थाल्छ । शिशुले पेटमा लात हान्नु पनि बच्चामा भएको परिवर्तनको उदाहरण हो ।लात्तीले हिर्काएको अनुभव लिएर सबैले आनन्दको अनुभव त गर्छन्, तर किन शिशुले...
भदौ १८, काठमाडौं ।सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ।वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर जान लागेका हुन्। ‘उहाँ सिंगापुर नजाने भनेर बस्नुभएको...
भदौ १८, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस पार्टी भित्र एकले अर्कोलाई बिश्वास गर्ने बाताबरण नभएको बन्दै अब त्यस्तो बाताबरण सिर्जना गर्नुपर्ने बताएका छन। उनले फलानोलाई बिश्वास गर्दा म सकिन्छु भनेर शंका पाल्ने मानसिकता हटाउन जरुरी भएको जिकिर गरे। उनले कांग्रेस बाट बिद्रोही उम्मेदवार बनेकाहरुलाई फुल माला लगाउने...
भदौ १७, काठमाडौं । निजी क्षेत्रको यातायात सेवा प्रदायक संस्था सुन्दर यातायातले विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन सञ्चालनमा मात्रै ल्याएको छ । साथै उसले यही भदौ २३ गतेदेखि राजधानीमा चार वटा विद्युतीय बसबाट सेवा दिने तयारीसमेत गरेको छ ।चार्जिङ स्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशबाट पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउँदै देशभित्रै उत्पादन हुने विद्युत्को...
भदौ १७, काठमाडौं । कुकुर मारेको आरोपमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरूद्ध उजुरी परेको छ। निर्मम तरिकाले कुकुर मारेको भन्दै मेयर रिजालसहित नगरपालिकाका तीन कर्मचारीविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो। पशु प्राविधिक सुमन श्रेष्ठ, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाका बजिन्द्र विष्ट, नेपाल भेटेरेनरी एशोसिएसनका तर्फबाट पशु चिकित्सक सीताराम यादवले मेयर रिजाल र नगरपालिकाका कर्मचारीविरूद्ध उजुरी दिएका हुन्।‘निर्मम...
भदौ १७, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् । पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग...
भदौ १७, काठमाडौं । दशैंको अवसर पारेर असोज १० गते रिलिज गर्न लागेको फिल्म ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार फिल्म टिम र सञ्चारकर्मी बीच तीजको दर कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर देखाईएको थियो । भने, मंगलबार फिल्मको ट्रेलर युटुबमा सार्वजनिक गरिएको छ । ट्रेलर हेर्नुस् : https://www.youtube.com/watch?v=vcKfOzkPJfUफिल्ममा वैदेशिक रोजगारको मोह र वैदेशिक रोजगारले गाउँमा भएको समस्यालाई प्रस्तुत...
भदौ १७, भक्तपुर । भक्तपुर महानगरिय प्रहरी बृत जगातीले चोरीका ५६ थान मोवाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटि बस्ने २२ बर्षिय राम कुमार लामिछाने, सर्लाही मलंगवा नगरपालिका वडा नं ४ घर भइ हाल काठमाडौं गैरी गाउँ बस्ने बर्ष २३ को रञ्जित कुमार पण्डित र...