ज्ञानेन्द्रले ओमानमा हुने अन्तर्राष्ट्रिय टी-२० प्रतियोगिता नखेल्ने

103

भदौ १७,
काठमाडौं । ओमान क्रिकेटको आयोजनमा अक्टोबर ५ (असोज १८) देखि हुने टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गुमाउने भएका छन्। नेपाली राष्ट्रिय टिमका मिडिया म्यानेजर सुरज शाक्यका अनुसार ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन् ।

ओमानमा हुने प्रतियोगिता नखेल्ने बताएका ज्ञानेन्द्र आगामी मंसिरमा नेपालमा आयोजना हुने साग गेम्सअन्तर्गतको क्रिकेट टिममा समावेश छन्। साग गेम्सका लागि सुरुमा ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। यहि प्रशिक्षणलाई ओमानमा हुने प्रतियोगिताको तयारीको रुपमा लिइएको छ। प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
नेपाल भर्सेस हङकङ ६ अक्टोबर
नेपाल भर्सेस नेदरल्यान्ड्स ७ अक्टोबर
नेपाल भर्सेस आयरल्यान्ड ९ अक्टोबर
‌नेपाल भर्सेस ओमान १० अक्टोबर