भक्तपुरबाट चोरीका ५६ थान मोवाइल र नगद पैसा सहित तीन जना पक्राउ (बरामद भएका मोवाईलको सुचिसहित)

294

भदौ १७,
भक्तपुर । भक्तपुर महानगरिय प्रहरी बृत जगातीले चोरीका ५६ थान मोवाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटि बस्ने २२ बर्षिय राम कुमार लामिछाने, सर्लाही मलंगवा नगरपालिका वडा नं ४ घर भइ हाल काठमाडौं गैरी गाउँ बस्ने बर्ष २३ को रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारी बस्ने ३३ बर्षको सत्य प्रकास रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीका मोवाइल सेट ५६ थान, ब्याट्रि १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको जगातीका प्रमुख चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार नेपाल र भारतका बिभिन्न स्थानबाट मोवाइल चोरी गर्ने र सत्य प्रकासले जम्मा गर्ने रञ्जिकुमारलाई बिक्रि गर्ने र रञ्जित कुमार बाट उक्त सेटहरु लामिछानेले खरिद गरि बिक्रि बितरण गर्ने गरेको प्राररम्भिक अनुसन्धान बाट खुल्न आएको छ । नियन्त्रणमा लिएका हरुको साथ बाट भारतिय नं डि एल १ सि जेट् ४५५३ नं सवारी साधान समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।