भदौ १८,
चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासमा आफूहरु द्रुत गतिमा अघि बढ्न चाहेको बताएका छन्। चितवनमा बुधबार आयोजित ‘भरतपुर विमानस्थल विकास एवं सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु एक्सनमा जान चाहेको बताएका हुन्।‘हामीले जे गरेका छौं चाहे त्यो रिङ रोडको कुरा होस्, चाहे नारायणीमा जहाज चलाउने कुरा होस्, चाहे राष्ट्रिय...
भदौ १८,
एजेन्सी ।प्रभास अभिनित चलचित्र ‘साहो’ले बक्सअफिसमा आक्रामक ब्यापार गरिरहेको छ । यसले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको यस चलचित्रले तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भए पनि समीक्षात्मक रुपमा भने निकै कमजोर बनेको छ । समिक्षकले चलचित्र बेकारको समेत भनेका छन् लेखेका...
भदौ १८,
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । बुधबार संसदको विषय समयमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा धन्यवाद दिए ।‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख...
भदौ १८,
काठमाडौं । उच्च अदालत पाटनको हेटौंडा इजलाशले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनबाट कैफियत प्रतिवेदन मगाउन आदेश जारी गरेको छ । मंगलबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले यस्तो आदेश जारी गरेको हो...
भदौ १८,
चितवन । आज बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे ।उनीहरु गफिदै अघि बढ्दै गर्दा...
भदौ १८,
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउसिङको दुई तले घर राति २ बजे भत्किएका हो।घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।‘हामी अध्ययन गरिरहेका छौं,’...
भदौ १८,
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ । प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो। जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका...
एजेन्सी,भदौ १८,
काठमाडौं । कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक भएको छ । फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका...
भदौ १८,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेचमा संलग्न सबैलाई छानविनको दायरामा ल्याएको छ । त्यसक्रममा आज ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ। ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ।अख्तियारले बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको र छिटफुट...
भदौ १८,
काठमाडौं । कपनमा मंगलबार राति ठेकेदारको कुटपिटबाट एक श्रमिकको ज्यान गएको छ । लेनदेन विवादमा निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् ।कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।
प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका...










