सीता एयरको जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि सकुशल काठमाडौं अवतरण

217

भदौ १८
काठमाडौं । सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन्। लुक्लाबाट आएको सीताको ‘नाइनएन-एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।

क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार उक्त जहाज आज बिहान ८:५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो। कुनै पनि यात्रु नभएको उक्त जहाज र उडान दलका सदस्यमा कुनै पनि क्षति नपुगेको उनले जानकारी गराएका छन्।