यस्तो छ कतारमा हुने आगामी फिफा विश्वकपको प्रतिक चिन्ह

71

एजेन्सी,भदौ १८,
काठमाडौं । कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको प्रतिक चिन्ह सार्वजनिक भएको छ । फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको थियो । कतारका चर्चित भवनहरु बुर्ज दोहा, कतार कल्चरल भिलेज एम्पिथिएटर, सोक बाकिफ र अल जुबराह फोर्टमा एक्कै पटक चिन्हलाई प्रोजेक्ट गरेर प्रतिक चिन्ह सार्वजक गरिएको थियो ।

कतारका अतिरिक्त प्रतिक चिन्हलाई विश्वका २४ प्रमुख सहरमा पनि उही समयमा सार्वजनिक गरिएको थियो । प्रतियोगिताका संचालकका अनुसार, प्रतिक चिन्हको घुमाउरो वक्रले मरुभूमिको ‘डुन९बालुवाको ठूल–ठूला थुम्का०’लाई प्रतिविम्बित गर्छ ।त्यस्तै कतै पनि नटुटेको फित्ताजस्तो आक्रृति अग्रेजीको आठ अंकजस्तो र गणितमा असंख्य जनाउने चिन्हजस्तो पनि देखिन्छ । ती दुवैमा त्यसको अर्थ लुकेको आयोजकले बताएका छन् ।

आठले कतार विश्वकपमा खेलहरु संचालन हुने आठ वटा रङ्गशालालाई प्रतिविम्बित गर्छ भने असख्यं आकृतिले प्रतियोगिताले असंख्य मानिसलाई खेलमार्फत जोड्ने ल्याउनेतर्फ इग्ङित गर्छ । केही विश्वचर्चित फुटबल खेलाडिले पनि आगामी विश्वकपको उक्त प्रतिक चिन्हलाई आफ्नो समाजिक संजालमा शेयर गरेका छन् ।