बालुवाटार जग्गा प्रकरण : थप ५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन(सूचीसहित)

60

भदौ १८,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा किनबेचमा संलग्न सबैलाई छानविनको दायरामा ल्याएको छ । त्यसक्रममा आज ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ। ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ।

अख्तियारले बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको   र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो। यद्यपि यस प्रकरणका चर्चित पात्र नेकपाका महासचिव बिष्णु पौडेलको नाम भने अख्तियारले यसमा समावेस गरेको छैन । आयोगले यसअघि ८६ जनालाई पनि अख्तियारमा बोलाएको थियो ।