कपनमा ठेकेदारको पिटाइबाट एक श्रमिकको मृत्यु, ठेकेदारसहित ३ जना नियन्त्रणमा

205
सांकेतिक तस्विर

भदौ १८,
काठमाडौं । कपनमा मंगलबार राति ठेकेदारको कुटपिटबाट एक श्रमिकको ज्यान गएको छ । लेनदेन विवादमा निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् ।

कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।
प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए । ठेकेदारसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल लगेको छ ।