Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय डेंगु फैलिएपछि ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई अमेरिकाकाको आग्रह

डेंगु फैलिएपछि ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई अमेरिकाकाको आग्रह

213

एजेन्सी, भदौ २६,
काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।

यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया (ताहिती र बोराबोरा), फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।

सीडीसीले डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नेपालको नाम उल्लेख नगरे पनि प्रभावित क्षेत्रहरुको नक्सामा भने समेटिएको छ । दक्षिण एसियाकै भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, न्यूक्यालेडोनियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाले सतर्क रहन सुझाइएको छ ।