डेंगु फैलिएपछि ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई अमेरिकाकाको आग्रह

192

एजेन्सी, भदौ २६,
काठमाडौं । अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ । एसिया, प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा पछिल्ला केही महिनायता डेंगुको संक्रमण बढेकाे छ । डेंगुलगायतका लामखुट्टेजन्य रोग फैलिएपछि अमेरिकाकाले ट्राभल नोटिस जारी गर्दै सतर्क रहन आफ्ना नागरिकहरूलाई आग्रह गरेको हो ।

यूएस सेन्ट्रिज फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जारी गरेको सूचनामा बांगलादेश, फ्रेन्च पोलिनेसिया (ताहिती र बोराबोरा), फिलिपिन्स, सिंगापुर, श्रीलंका र मार्सल आइल्यान्डमा डेंगुको संक्रमण उच्च रहेको उल्लेख छ । क्षेत्रमा संक्रमण उच्च रहेकाले उसले सतर्क रहन भनेको छ ।

सीडीसीले डेंगुबाट बढी प्रभावित देशहरूको सूचीमा नेपालको नाम उल्लेख नगरे पनि प्रभावित क्षेत्रहरुको नक्सामा भने समेटिएको छ । दक्षिण एसियाकै भारत, पाकिस्तानसँगै बर्मा, लाओस, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, न्यूक्यालेडोनियालगायत देशको नाम पनि डेंगु संक्रमणमा रहेकाले सतर्क रहन सुझाइएको छ ।