गण्डकी प्रदेशमा एक महिनामै १६ हजार वाह्य पर्यटकको आगमन

73

भदौ २६,
काठमाडौं। गण्डकी प्रदेशमा एक महिनामा १६ हजार वाह्य पर्यटकले भ्रमण गरेका छन्। कास्की जिल्ला स्थित पोखरा नागरिक उड्डयन प्राधिकरण, तनहुँ आबुखैरेनी र स्याङ्जा गल्याङ प्रहरी चौकीले तयार पारेको तथ्यांक अनुसर अगस्ट महीनामा आगमन गरेकाः वाह्य पर्यटकको संख्या १६ हजार एक सय ६२ रहेको छ। अगस्टमा भारत र तेस्रो मुलुकबाट पर्यटक आएको तथ्याङ्कले देखाएको छ।अगस्टमा कुल पाँच हजार पाँच सय १५ पर्यटक र तेस्रो मुलुकबाट १० हजार छ सय ४७ पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेको जनाइएङ्को छ।

गत वर्षको तुलनामा यो महीना नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या नौ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। तथ्याङ्क अनुसार सन् २०१९ जनावरी देखि जुलाईसम्म छ लाख ५३ हजार दुई सय १८ वाह्य पर्यटकले भ्रमण गरेका छन्।