Saturday, August 1, 2026
Home Blog Page 1327
भदौ २६ काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू-क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् । भू-क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्ने उनको जोड छ । भूमियोग्य जमिनको ह्रासका...
भदौं २६, विराटनगर । चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम सक्न चार दिनसम्म लाग्न थालेको छ। सिरिजंघा–२...
नागरिक दैनिक भदौं २६, काठमाडौं । मासिक १० हजार रुपैयाँ तलब नपाउने मजदुरबाट जबर्जस्ती एक प्रतिशत कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपैयाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा ७५ प्रतिशत छुट र बाँकी २५ प्रतिशतमा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानुनले तोके पनि १०...
नेपाल समाचारपत्र भदौं २६, काठमाडौं। प्रछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।रोग...
भदौं २६, काठमाडौँ । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन...
भदौ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्रि–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने स्पष्ट पारेका छन् । बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो बताएका हुन् । उनले सुर्तीजन्य पदार्थ...
भदौ २५, काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी भोलि बिहीबार नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । ‘पासवर्ड’का निर्देशक सम्राट बस्नेतले सन्नी बिहीबार नेपाल आउन लागेको जानकारी दिए । शनिबार भारत फर्किने तालिका सहित नेपाल आउन लागेकी सन्नीले शुक्रबार नेपालका केही स्थानमा भ्रमण समेत गर्ने बताइएको छ । फिल्म...
भदौ २५, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिशृंखला ‘भद्रगोल’का टिमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन् । भद्रगोल टिमले बुधबार काठमाडौंमा प्रेस मिट गर्दै भद्रगोलकै थिममा ‘सक्किगोनी’ हाँस्य टेलिशृंखला ल्याउने घोषणा गरेका हुन् । मिडिया हबसँगको विवादपछि समुहले नयाँ नामको हाँस्यव्यांग्य टेलिफिल्म ल्याउन बाध्य भएको हो ।‘सक्किगोनी’ मा सबै जसो कलाकार भद्रगोलकै छन् । भद्रगोललाई दिपक आर्चायले...
भदौ २५, धादिङवेशी । जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका- ३ का एक लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका- ९ झगरेका राजु मगरको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् । झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वासमा पर्दा...
भदौ २५, काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । तत्काल डेंगु संक्रमणबाट गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले सरकारले राष्ट्रिय...