‘नाच फिरिरि’का गायक महेशको लागि नाजिरले आँचललाई फकाउँदै (भिडियो)

245

भदौ २६,
काठमाडौं । नाच फिरिरिको सफलतापछि गायक महेश काफ्लेले ‘माया बिरानी’ बोलको गीत ल्याएका छन् । महेशकै शब्द तथा संगीत रहेको गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन् ।

अशिम शाहको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वया नाजिर हुसेन र आँचल शर्मा फिचरिङ छन् । नाजिर र आँचलसँगै भिडियोमा गायक महेश काफ्लेलाई पनि देख्न सकिन्छ । हरी हुँमागाईं र उत्तम हुँमागाईंको संयुक्त छायाँकन गरेका हुन् । भिडियोमा सृजनात्मक प्रमुखको रुपमा आशिफ शाह रहेका छन् ।भिडियो :