जब ‘जोगिन्दर’ले छात्रालाई स्यानेटरी प्याड दिए

181

भदौं २८,
काठमाडौं । जोगिन्दर पानवालाको नामले परिचित हाँस्य व्यांग्य कलाकार शिवशंकर रिजालल मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् । ’महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाएँ ।

तर उनीहरुले शिक्षित हुने अधिकार उनीहरुसँग छ’ रिजाल भन्छन् ’एक दातृ संस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले सकेको सहयोग गरेको हुँ ।’ उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका थिए । साथै उनले विद्यार्थीहरुलाई ४० हजार रुपैयाँबराबरका कापी कलमसमेत वितरण गरे ।