असोज १,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन्। बारम्बार दाँत दुखेर समस्या भएपछि अध्यक्ष दाहाल बुधबार दिउँसो मेडिसिटी पुगेका हुन्। अध्यक्ष प्रचण्डले यसअघि पनि त्यही अस्पतालमा दाँतको उपचार गराउँदै आएको उनको सचिवालयले जानकारी दिएको छ।
असोज १,
काठमाडौं । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै...
असोज १,
चितवन । एकजना युवक नारायणी पुलबाट हामफालेर बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–११ का २५ वर्षीय उद्धार पौडेल पुलबाट हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनले विहान साढे १० बजे पुलबाट बाढीसँगै उर्लेको नदीमा हाम फालेका थिए। हामफाल्ने युवाको पछि मोटरसाइकलमा आएका एक युवाले ती युवालाई तानेर रोक्ने प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन्। ...
असोज १,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारका विषयमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याएका छन् । बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचार बारे छलफल नै नहुने अवस्था आओस्,’ ।‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ ।...
असोज १,
काठमाडौं । यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ ।बेडरुम लोकेसनबेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई...
एजेन्सी, असोज १
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ। उनीहरूबिच आआफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन्। एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो।उनीहरू बिच 'दंगल' तथा 'छिछोरे' निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने ुरामायणुमा राम र रावणका रूपमा भिडन्त हुन लागेको हो।...
असोज १,
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७०...
अशोज १,
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बुधबार (आज) विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घन्टा पछि मात्र बस्ने भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ । गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची छ ।त्यस्तै उद्योग तथा...
असोज १,
काभ्रे । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् । मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ । पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेका थिए । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ ।‘एउटा घर भत्किएको छ । अरु घरहरु पनि...
असोज १,
काठमाडौं । नेपाली सेनाले यस वर्षबाट खुला सामरिक लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। राष्ट्रिय तथा सामरिक विषयमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रतियोगिताका लागि राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक–सैनिक सम्बन्ध र सैनिक...










