Tuesday, September 29, 2026
Home समाचार उपचारका लागि मेडिसिटी अस्पतालमा प्रचण्ड

उपचारका लागि मेडिसिटी अस्पतालमा प्रचण्ड

126

असोज १,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन्। बारम्बार दाँत दुखेर समस्या भएपछि अध्यक्ष दाहाल बुधबार दिउँसो मेडिसिटी पुगेका हुन्। अध्यक्ष प्रचण्डले यसअघि पनि त्यही अस्पतालमा दाँतको उपचार गराउँदै आएको उनको सचिवालयले जानकारी दिएको छ।