Thursday, September 24, 2026
Home मनोरन्जन दुई भारतीय सुपरस्टार ऋतिक र प्रभास एउटै सिनेमामा

दुई भारतीय सुपरस्टार ऋतिक र प्रभास एउटै सिनेमामा

227

एजेन्सी, असोज १
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र प्रभासबिच भिडन्त हुने भएको छ। उनीहरूबिच आआफ्नो सिनेमाको कारण भने भिडन्त हुन लागेको होइन्। एउटै सिनेमामा एक जना नायक र अर्को खलनायक बन्ने भएपछि सिनेमाको पर्दामा उनीहरूबिच भिडन्त हुन लागेको हो।

उनीहरू बिच ‘दंगल’ तथा ‘छिछोरे’ निर्देशक नितिश तिवारीको निर्शेनमा बन्ने ुरामायणुमा राम र रावणका रूपमा भिडन्त हुन लागेको हो। सिनेमामा ऋतिक ‘राम’ र दिपिका ‘सीता’ बन्ने तय भइसकेको भएपनि रावणको टुङ्गो लागेको थिएन। तर बलिउड समाचारसम्बन्धी वेबसाइट बलिउड लाइफ डटकमले सिनेमामा प्रभासले ‘रावण’को भूमिका गर्ने तय भएको जनाएको छ। सो साइटका अनुसार ‘रावण’को भूमिका गर्न प्रभास तयार भएका छन्।

‘बाहुबली’ सिरिजको सफलताले प्रभास क्षेत्रिय स्टारबाट भारतीय स्टार भइसकेका छन्। यस्तोमा ‘रावण’को भूमिकाले उनलाई थप उचाइ दिने अनुमान गरिएको छ। हाल उनी अभिनित ‘साहो’ प्रदर्शनमा रहेको छ। सिनेमाको हिन्दी संस्करणले सुपरहिट कमाइ गरेको छ।