अविरल वर्षा कारण पहिरोले भुम्लुका २५ घर जोखिममा

196
फाइल तस्बिर

असोज १,
काभ्रे । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् । मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ । पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेका थिए । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ ।

‘एउटा घर भत्किएको छ । अरु घरहरु पनि जोखिममा छन्’, वडाध्यक्ष भरतबहादुर शिवभक्तिले भने, ‘वस्ती नै सार्नुपर्ने अवस्था आएको छ ।’ पहिरोबारे प्रशासनलाई खबर गरिएको र त्रिपाललगायतका राहत आउने क्रममा रहेको उनले बताए ।

यसैबीच, जिल्लाकै जिल्लाकै फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । अविरल वर्षासँगै बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका–४, फेदीबजारका रोजन तामाङको घर पुरिँदा उनका ४ वर्षीय छोरा दीपेशको मृत्यु भएको हो ।