राजधानीमा तरुण दलद्वारा भ्रष्टाचार र महंगीविरुद्ध प्रदर्शन

283

असोज ५,
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचार र महंगीविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ । महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलादेखि प्रदर्शन शुरू भएको हो । नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियान अन्तर्गत भ्रष्टाचार र महंगीको विरोधमा कम्युनिस्ट सरकारलाई खवरादी गर्न कार्यक्रम आयोजना गरिएको शाहीले बताए । सहभागीहरूले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए ।