असोज ६,
काठमाडौं । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे। मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।अहिले...
असोज ६,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज अन्तिम ट्याली गरिरहेका छौ भोली दिउसो परीक्षाफल प्रकाशित गर्नेछौ । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै...
असोज ६,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे । विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको देउवाको जिकिर...
असोज ६,
कैलाली । कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध...
अशोज ६,
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । राजपाको आइतबार बसेका अध्यक्ष मण्डलको बैठकले आज ९सोमबार० बाट लागू हुने गरी पार्टीको विधान बमोजिम ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।यसअघि राजकिशोर यादवले पार्टीको संयोजकको जिम्मेवारी सम्हालेका थिए । पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्थाअनुसार ठाकुरले दोस्रोपटक संयोजकको जिम्मेवारी पाएका...
असोज ६,
काठमाडौं । लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)सँग विस्तृत प्रतिवेदन माग गरेको छ। लगानी सम्मेलनका क्रममा निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणका लागि ७ वटा प्रस्ताव परेका थिए। लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुर्याएको ठहर गरेको हो। लगानी बोर्डको बैठकपछि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जुरिच इन्टरनेसनल एयरपोर्ट (एजी)को मात्र मापदण्ड पुगेको...
असोज ६,
काठमाडौं । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ। मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन। हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ। त्यसैले अझै...
असोज ६,
भोजपुर । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् । प्रतिबन्धित विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी ४३ वर्षीय बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् । विष्टलाई भोजपुर नगरपालिका–१० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान...
असोज ६,
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार काठमाडौं आइपुगेका छन्। नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले सङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। सङले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेता भेट्ने कार्यक्रम छ।सङ तीन दिन नेपाल बस्नेछन्। सोमबारदेखि नेकपा र चिनियाँ कम्युनिष्ट...
अन्तर्राष्ट्रिय
बेलायतको १७८ वर्ष पुरानो टूर कम्पनी टाट पल्टियो, विश्वभर रहेका कर्मचारीको जागिर पनि समाप्त
एजेन्सी, असोज ६,
लन्डन । बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द गरेको जनाएको छ । बेलायत सरकारले हाल विदेशमा यात्रारत एक लाख ५० हजार बेलायती नागरिकलाई कम्पनीको निर्णयले असर पर्ने बताएको छ । बेलायती नागरिक उड्डयन प्राधिकरणले थोमस कूकले...










