राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर

485

अशोज ६,
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । राजपाको आइतबार बसेका अध्यक्ष मण्डलको बैठकले आज ९सोमबार० बाट लागू हुने गरी पार्टीको विधान बमोजिम ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

यसअघि राजकिशोर यादवले पार्टीको संयोजकको जिम्मेवारी सम्हालेका थिए । पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्थाअनुसार ठाकुरले दोस्रोपटक संयोजकको जिम्मेवारी पाएका हुन् । चक्रिय प्रणालीअनुसार दुई–दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने राजपाको विधानमा व्यवस्था गरिएको छ । तराई मधेस केन्द्रीत ६ वटा पार्टी एकीकरण भएपछि बनेको राजपा नेपालमा ती सबै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।