सरकारले निजामती कर्मचारीको संख्या कटौती गर्ने

229

असोज ६,
काठमाडौं । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे। मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।

अहिले नेपालमा झन्डै ८० हजार निजामती कर्मचारी छन्। मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरूले हैरान पारेको गुनासो गरे। निजामती कर्मचारीको संख्या बढ्दै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रूपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो।