रिलायन्स सिमेन्टका कर्मचारीको टाउकोमा हेलमेट प्रहार गरि ६ लाख लुटियो

220

असोज ९,
बुटवल । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका छन् ।
दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरी जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।