काभ्रेमा बस दुर्घटना ११ जना घाइते

122

असोज ९,
काभ्रे । भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौतर्फ आउदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो ।

बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका हुन् एसपी सापकोटाका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ । सामान्य घाइतेहरुको दोलालघाटमा रहेको स्वास्थ केन्द्र र गम्भीर घाइतेलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याएको सापकोटाले जानकारी दिएको छ ।