असोज १४,
कपिलवस्तु । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुमा एक प्रधानाध्यापक र कार्यालय सहयोगीलाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ। शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित श्री बाल ज्योति मा।वि।का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। आयोगको टोलीले उनीहरुलाई ४० हजार रूपैयाँसहित मंगलबार नियन्त्रणमा लिएको हो। उनिहरुलाई...
असोज १४,
काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो । यौन दूराचारको आरोप लगोका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
असोज १४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएको छ । । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो। सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने- अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले गरेको छ। 'सभामुख महराले गम्भीर आरोप लागिसकेको...
असोज १४,
कालीकोट । खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा डोजर पल्टिँदा सहचालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए। ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो,’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा...
असोज १४,
काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन साझा पार्टीले माग गरेको छ । संसद सचिवालयका एक कर्मचारीको बलात्कार गरेको आरोप लागेका महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन साझाले माग गरेको हो।प्रवक्ता सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै ‘हालसम्म प्राप्त सूचना र आरोपको गाम्भीर्यतालाई हेर्दा सभामुख महरालाई तुरुन्त राजीनामा दिन...
असोज १४
काठमाडौं । सिंगापुरमा जारी टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ । नेपाल आजको...
असोज १४,
भक्तपुर । शुभज्योती सकोसको आठौं साधारण सभा भोलि बुधबार बिहान ८स्३० बजे पछि सस्थाको कार्यालय हुने ।
असोज १४,
काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ। स्रोतका अनुसार बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। स्रोतका अनुसार ‘महरालाई राजीनामा दिन लगाउने सम्भावना छ'। यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका...
असोज १४,
काठमाडौ । नेपाल र अष्ट्रेलियाबीच द्वपक्षीय हवाई सेवा सम्झौतामा भएको छ। क्यानडाको मन्ट्रियलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको प्रधान कार्यालयमा भएको वार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच अक्टुबर १ मा समझदारीमा हस्ताक्षर भएको हो। दुई देशबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्न सक्ने छन्। समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न...
असोज १४
चितवन । जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ । कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका राईको आज बिहान मृत्यु भएको हो ।अर्बुदरोगका कारण काठमाडौँबाट यही असोज २ गते...








