Tuesday, August 4, 2026
Home Blog Page 1279
असोज १४, बुटवल ।नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा...
असोज १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिएका छन् । चीन सन् १९४९...
राजधानी दैनिकअसोज १४, काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ । चावहिलस्थित...
अन्नपूर्ण पोष्टअसोज १४, काठमाडौं । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं। भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने,...
नागरिक दैनिक असोज १४, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ। ‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्। त्यसका...
कान्तिपुर दैनिकअसोज १४, काठमाडौँ — सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत महिलाले लगाएको दुर्व्यवहार आरोपको सभामुखको निजी सचिवालयले खण्डन गरेको छ । सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ...
नेपाल समाचारपत्र असोज १४, काठमाडौं। खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ।व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन्। सरकारले सडकको स्तरोन्नति गर्नेतर्फ...
नेपाल समाचारपत्र असोज १४, काठमाडौं। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा)को उपचारमा चरम लापरबाही गरी कल्पनै गर्न नसकिने पीडा दिएको कुरा तीन महिनापछि प्रमाणित भएको छ। सो सम्बन्धमा अनुसन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्राडा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा उक्त शिशुको उपचारमा चिकित्सकको टिमबाट धेरै...
असोज १४,काठमाडौं । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरा सामु भिडियो अन्तर्वार्ता दिएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप ति महिला कर्मचारीको छ।https://www.youtube.com/watch?time_continue=83&v=j_EW20W9jMc जवर्जस्ती करणीको गम्भीर...
असोज १३, काठमाडौं । शालीन एवं भद्र स्वभावका सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोपमा लागेको छ । संसद सचिवालयमै कार्यरत एक कर्मचारीले सभामुखबाट आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी हुन् । सभामुख महरामाथिको गुनासो नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा पुगे पनि लिखित जाहेरी भने परेको छैन । अनलाइनखबरको सम्पर्कमा आएकी संसदकी कर्मचारीले आइतबार साँझ सभामुख महराले आफूमाथि असामान्य व्यवहार गरेको आरोप लगाइन् ।उनले...