Friday, October 2, 2026
Home समाचार डोजर पल्टिँदा एकको मृत्यु

डोजर पल्टिँदा एकको मृत्यु

67

असोज १४,
कालीकोट । खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा डोजर पल्टिँदा सहचालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कर्णाली राजमार्ग खुलाउन जाँदा डोजर पल्टिँएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबहादुर ओलियाले बताए। ‘आज बिहान ४ बजे डोजर पल्टिँएको हो,’ उनले भने, ‘अहिले जिल्ला अस्पताल कालीकोटमा शव परीक्षणको लागि लगिएको छ।’रासस