Home अपराध घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ

घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ

0
घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ
सांकेतिक तस्विर

असोज १४,
कपिलवस्तु । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुमा एक प्रधानाध्यापक र कार्यालय सहयोगीलाई घुस रकमसहित रगेंहात पक्राउ गरेको छ। शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित श्री बाल ज्योति मा।वि।का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी राम कुमार लोनियालाई आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। आयोगको टोलीले उनीहरुलाई ४० हजार रूपैयाँसहित मंगलबार नियन्त्रणमा लिएको हो। उनिहरुलाई चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट नियन्त्रणमा लिइएको थियो। विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रकम मागेको अख्तियार टोलीले जनाएको छ। उनिहरु माथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here