नेपाल आज जिम्बाब्वेसँग बदला लिने लक्ष्यमा

188

असोज १४
काठमाडौं । सिंगापुरमा जारी टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले आज टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एशोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बाब्वे विरुद्धको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । त्यो हारको बदला लिने लक्ष्यमा पनि नेपाल रहेको छ । नेपाल आजको खेलमा जिम्बाब्वेलाई पराजित गर्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यलाई बलियो बनाउने दाउँमा छ ।

नेपाल आफ्नो दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले लिग चरणको अन्तिम खेल भने भोलि सिंगापुरसँग खेल्नेछ । शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।