साझा पार्टीले माग्यो सभामुख कृष्णबहादुर महराको राजीनामा

113

असोज १४,
काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन साझा पार्टीले माग गरेको छ । संसद सचिवालयका एक कर्मचारीको बलात्कार गरेको आरोप लागेका महरालाई राजीनामा दिएर निष्पक्ष छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन साझाले माग गरेको हो।

प्रवक्ता सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै ‘हालसम्म प्राप्त सूचना र आरोपको गाम्भीर्यतालाई हेर्दा सभामुख महरालाई तुरुन्त राजीनामा दिन साझा पार्टी माग गर्दछ’ उल्लेख छ। हालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामुख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ। उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानबिन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानबिनपश्चात दोषीलाई प्रचलित कानुन बमोजिम सजायको माग गर्दछु प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।