एजेन्सी, असोज १६,
काठमाडौं । उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण भएको बीबीसीले जनाएको छ । उक्त क्षेप्यास्त्र समुद्रमुनि पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बीबीसीले जनाएको छ । पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र...
असोज १६,
काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएको विकृति झन–झन बढेकोमा चिन्ता गरेका छन् । उनले भने,‘यो क्षेत्रको सुधारको लागि डा. गोविन्द केसले १६ औं पटकसम्म आमरण अनशन बस्नुभयो, पटक पटक वार्ता भए, आन्दोलन भए, सम्झौतापनि भए, तर राज्यतर्फबाट अहिलेसम्म सम्झौता कार्यान्वयन भएन् ।’चिकित्सा शिक्षा आयोग गठनको एक वर्षमा एक पटकमात्रै बैठक बसेको...
असोज १६,
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एजेन्सी, असोज १६,
काठमाडौं । चीनमा एक भ्रष्ट पूर्वनगर प्रमुखको घरभित्र साढे १३ टन सुनसहित करोडौँ रुपैयाँ रकम भेटिएको छ। हैनान प्रान्तको हैकाउ शहरका पूर्वनगर प्रमुख ५८ वर्षीय झाङ्ग की नाम गरेका अधिकारीको घरबाट साढे १३ टन सुन र २ लाख ६२ हजार करोड डलर बरामद भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय पर्यवेक्षक आयोगद्वारा गरिएको अनुसन्धानका क्रममा...
असोज १६,
दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभक्षी चितुवा बिहीबार बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले...
असोज १६,
जनकपुरधाम । महोत्तरीमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० थापाटोल स्थिति मरहा नदी किनारमा हत्यागरी फालेको अवस्थामा आज बिहान अन्दाजी ३५र४० वर्षकी महिलाको शव फेला परेको हो ।शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएको छ । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि...
असोज १६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नरहेको बताएका छन् । उनले नेकपा सी पथमा गयो भनेर ‘बौद्धिकहरुको अबौद्धिक तर्क’ गरेको पनि बताए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।नेकपाको आफ्नै सिद्धान्त...
असोज १६,
काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन्। विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन। ‘दशैंको बेला रमाइलो गरौँ भनेर पार्टीको तयारी गरिरहेका थियौँ,’ गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचाररत उनले भने, ‘एक्कासी कुटे। उनीहरुले हिजो दिउँसै देखि रक्सी...
एजेन्सी, असोज १६,
काठमाडौं । अक्षय कुमारको हरर कमेडी फिल्म ‘लक्ष्मी बम्ब’ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अक्षय महिलाको भेषमा प्रस्तुत भएका छन् । अक्षय यो फिल्ममा पहिलो पटक महिलाको भुमिकामा देखिदैछन् । सार्वजनिक तस्विरमा उनी दुर्गाको मुर्ती अगाडी उभिएका छन् । उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘नवरात्रीको सम्बन्ध आफु भित्रको शक्ति र आफ्नो अपार क्षमताको उत्सव...
एजेन्सी, असोज १६,
काठमाडौं । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमणको चेतावनी दिएका छन्। महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ। उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ। प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको...










