पूर्वमेयरको घरमा भेटियो साढे १३ टन सुन र करोडौँ नगद

98

एजेन्सी, असोज १६,
काठमाडौं । चीनमा एक भ्रष्ट पूर्वनगर प्रमुखको घरभित्र साढे १३ टन सुनसहित करोडौँ रुपैयाँ रकम भेटिएको छ। हैनान प्रान्तको हैकाउ शहरका पूर्वनगर प्रमुख ५८ वर्षीय झाङ्ग की नाम गरेका अधिकारीको घरबाट साढे १३ टन सुन र २ लाख ६२ हजार करोड डलर बरामद भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। राष्ट्रिय पर्यवेक्षक आयोगद्वारा गरिएको अनुसन्धानका क्रममा बरामद गरिएको उक्त सुनको मूल्य लाखौँ डलर रहेको छ। प्रहरीले उनको घरमा छापा मारी सुन, करोडौँ नगद, पुरातात्विक सामानहरू र विलासी रियलस्टेटका कागजातहरू बरामद गरेको छ। प्रभावशाली कम्युनिष्ट अधिकारी झाङ्गले घुसका रूपमा सुन लिएको आरोप छ। उनलाई हैनान प्रान्तको शीर्ष पदमा रहेका उनलाई पदबाट हटाइसकिएको छ र अनुसन्धान चलिरहेको सञ्चार माध्यमहरूले जनाएका छन्। झाङ्गमाथि लागेको आरोप पुष्टि भए उनी चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माभन्दा धेरै धन लुकाइराख्ने व्यक्तिका रूपमा चिनिनेछन्। चीनमा सरकारी कर्मचारीले आर्थिक अपराध गरेको ठहरिएमा मृत्युदण्ड दिने प्रावधान छ। उनलाई प्रहरीले अहिले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। उनी झण्डै नौ मिलियन जनसंख्या रहेको हैनान प्रान्तको हैकाउका कम्युनिष्ट पार्टी कमिटीका सेक्रेटरीसमेत रहिसकेका छन्। उनलाई शहरका मेयर सरह अधिकार प्राप्त थियो। यसका अलावा उनी हैनान प्रान्तको स्ट्यान्डिङ कमिटीका सदस्यसमेत थिए। उनले सन् २०१२ मा पदभार सम्हालेपछि १० हजार मानिसलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको छ। रिपोर्टका अनुसार सैन्य अधिकारी र शीर्ष अधिकारीहरूसहित कम्तिमा १२० भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ।